सचतक नेपाल डेस्क,
१० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड सुपरस्टार सलमान खानलाई ‘सगरमाथा आरोहण’का लागि निम्तो दिएका छन् । माउन्टेन उडानदेखि ‘ब्रेकफास्ट’सम्मका लागि आमन्त्रण गर्दै मन्त्री आलेले आगामी १४ जेठमा हुने ‘दबंग टुर’ विषयमा समेत खानस“ग बुधबार ‘भर्चुअल संवाद’ गरेका हुन् ।
संवादमा मन्त्री आलेले खानलाई माउन्टेन उडानमार्फत् हिमशृंखला दृश्यावलोकन गराउने प्रस्तावसमेत गरेका छन् । ‘तपाईंको समय मिल्छ भने म माउन्टेन उडानमार्फत् सगरमाथाको सयर गराउन चाहन्छु, सगरमाथा ब्रेकफास्टका लागि लोकप्रिय पनि छ,’ आलेले संवादक्रममा भने, ‘म तपाईंलाई सगरमाथा आरोहणका लागि समेत निमन्त्रणा गर्दछु ।’
अभिनेता खानलाई हेलिकोप्टरमार्फत भए पनि सगरमाथा आरोहण गराउने इच्छा भएको बताउ“दै मन्त्री ओलेले त्यसअनुसार समय मिलाउन आग्रहसमेत गरे । उनको आग्रहमा खानले ‘आफू पनि विश्वको सर्वोच्च शिखर आरोहणका लागि इच्छुक रहेको’ भन्दै ‘समय मिलाएर आउने’ बताए ।
मन्त्री आलेले कोभिडपछि नेपाल पूर्णरूपले खुला भइसकेको र पर्यटन प्रचुर सम्भावना रहेको भन्दै खानलाई विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि प्रस्ताव गरेका हुन् ।
नेपाली जनता र आफूसमेत ‘तपार्ईंको ठूलो फ्यान भएको’ बताउँदै मन्त्री आलेले ‘मैने प्यार किया’, ‘तेरे नाम’जस्ता फिल्म हेरेको स्मरणसमेत गरे । ‘मैले तपाईं अभिनित मैने प्यार किया हेरेको छु, त्यतिबेला म मुम्बईमै थिएँ । तेरे नाम पनि धेरै राम्रो फिल्म थियो,’ मन्त्री आलेले भने ।
मन्त्रीको जवाफमा ‘धन्यवाद’ भन्दै सलमानले आफू पनि नेपालमा पहिलोपटक फिल्म ‘बुलन्द’ सुटिङक्रममा आएको स्मरण गरे । तर, सो फिल्म रिलिज हुन नसकेको उनले बताए । यसअघि, तय ‘दबंग टुर’ विभिन्न कारण स्थगित हुन पुग्दा आफू दुखित भएको सलमानले जिकिर गरे । ‘दबंग टुर’मार्फत् नेपाल आउन चाहे पनि विभिन्न कारण स्थगित हुन पुगेको थियो । ‘आशा गरौं, यसपटक नेपालीलाई मनोरञ्जन प्रदान गर्न सकूँ,’ खानले भने ।
भर्चुअल संवादक्रममा मन्त्री आलेले नेपालमा सबै जनाले खोप लिइसकेकाले ‘ढुक्क हुन’ सलमानलाई आग्रह गरे । ‘बरु, भारतमा के छ ?’ भन्दै उनले सलमानसँग बुझ्नेसमेत प्रयास गरे । ‘भारतमा पनि खोप लिनेक्रम जारी छ । धेरैले त लिइसकेका छन् । तर, कोभिडका कारण धेरैको बिचल्ली भएको छ,’ सलमानले भने, ‘धेरैले परिवार गुमाएका छन् ।’
मन्त्री आलेले नेपाल आएर फिल्म सुटिङ गर्नसमेत खानलाई आग्रह गरे । ‘म चाहन्छु, तपाईंका फिल्म र सो नेपालमा पनि गरियोस्,’ आलेले भने । सलमानले ‘अवश्य आउने र फिल्मको माग एवं कथावस्तुअनुकूल मिलाएर पक्कै नेपाल आउने’ बाचा गरे ।
खानले आफ्नो आगामी फिल्म ‘टाइगर–३’’bout पनि जानकारी गराए । त्यसपछि मन्त्री आलेले ‘टाइगर–३’ आफूलगायत सबै नेपालीले हेर्ने आवश्वास पनि दि“दै खानलाई नेपालमा स्वागत गर्न आतुर रहेको सुनाए ।
मन्त्री आलेले कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा असर परे पनि हाल सामान्य बन्दै गएको सुनाए । ‘भर्चुअल’ संवाद गर्न पाउँदा आफूलाई निकै खुसी लागेको मन्त्री आलेको भनाइ थियो । खानले पनि आफूलाई मन्त्रीसँग कुरा गर्न पाउँदा धेरै खुसी लागेको बताउ“दै नेपाल निकै मनपर्ने जिकिर गरे ।
आगामी जेठमा नेपाल आउन लागेका खानले दशरथ रंगशालामा ‘दबंग लाइभ इन नेपाल सो’ गर्नेछन् ।
साभार : राजधानी दैनिक