Sunday, June 23
Shadow

पल शाहविरुद्ध तनहुँमा बलात्कारको मुद्दा दर्ता

सच तक नेपाल डेस्क, रौतहट । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध तनहूँ जिल्लामा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो ।

नाबालिका एक गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफै प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयो। उहाँका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । जोशीलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको उहाँले बताउनुभयो ।

अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *