
सचतक नेपाल डेस्क, रौतहट । धनुसा जिल्लाको जनकनन्दनी–१ इनवी स्थित सिमानाकामा नेपालबाट भारत जादै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
गुप्त सुचनाको आधारमा इनवी बिओपीबाट खटिएका १५ जनाको टोलीले ६ वटा मोटरसाइकल सहित २०७ कार्टुन अवैध मदिरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलले ६ वटा मोटरसाइकलमा ढुवानी गरिरहेको सौफि मदिरा २०७ कार्टुन, भर्जिन मदिर ७ कार्टुन, ब्लाक ओक मदिरा ९ कार्टुन गरि कुल रु. ३ लाख १० हजार ६०० बराबरको मदिर बरामद गरेको छ भने मोटरसाइकलहरुको अन्दाजी मुल्य रु.५ लाख ५० हजार गरि कुल ८ लाख ५० हजार बराबरको अबैध समान सशस्त्र प्रहरी बल गणं न. ८ धनुषाले नियन्त्रणमा लिएको हो ।
बरामद र नियन्त्रणमा लिएको समानहरु थप कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाइएको हो । यो अबैध समानहरु स्वाड टिम वरिष्ठ हवल्दार मन्तोस सिंह सहित ६ जना र बीओपीका थप ९ जनाको टोलीले नियन्त्रणमा लिएको थियो । टोली देख्ना साथ चालक फरार भएका थिए ।