Wednesday, October 9
Shadow

पाकिस्तान १३ वर्षपछि विजयी

सचतक नेपाल, ७ चैत । अफ स्पिनर निदा दारले आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ्ग गर्दै १० रन दिएर ४ विकेट लिएपछि पाकिस्तानले १३ वर्षपछि पहिलो पटक महिला विश्वकप क्रिकेटमा विजयी बनेकाे छ ।

र उसले वेष्ट इन्डिजको दुई खेल अघि नै सेमिफाइनल पुग्ने आशामा धक्का पुर्‍याएको छ ।

पाकिस्तानले वेष्ट इन्डिजलाई ८ विकेटले हराएपछि इंग्ल्याण्डको सेमिफाइनल पुग्ने आशा जीवित भएको छ । इंग्ल्याण्डले अब पाकिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । यी दुई खेल जितेमा वेष्ट इन्डिजलाई उछिन्दै सेमिफाइनमा पुग्ने अवसर इंग्ल्याण्डलाई छ ।

अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । बाँकी ३ स्थानका लागि इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र भारतको संभावना छ । पाकिस्तानसँगै न्यूजिल्याण्ड र बंगलादेशको सेमिफाइनल खेल्ने संभावना सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *