Tuesday, June 18
Shadow

प्रधानमन्त्री देउवा खोटाङ प्रस्थान गर्दै

सच तक नेपाल डेस्क, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङको लागि प्रस्थान गर्नु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उहाँ खोटाङ जान लाग्नु भएको हो ।

प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम सकिएलगत्तै उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल पाँच करोड ६० लाखमा निर्माण गरिएको हो ।

विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समय अगाडि नै पुल निर्माण गरिएको हो ।

पुल निर्मणपछि दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थललाई सडक सञ्जालसँग जोड्ने गरी साप्सुखोलामा पक्की पुल निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *