सचतक नेपाल, ७ चैत । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको से १ ख १२४२ नम्बरको मिनी ट्रक गएराति सडक नालीमा पल्टिएको हो।
मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
चालक पाटन नगरपालिका ४ का वीरेन्द्र खत्री फरार रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1