Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय जरुरि – मुख्यमन्त्री राउत | Sach Tak Nepal
Monday, March 17
Shadow

विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय जरुरि – मुख्यमन्त्री राउत

सचतक नेपाल । मुख्यमन्त्री लालबाबु राउतले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय आवश्यक रहेको बताउनु भएको छ ।

महोत्तरीको बर्दीवासमा आयोजित स्थानीयतहहरुका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य नभए सम्म विकास र समृद्धि सम्भव नरहेको बताउनु भयो ।

जनताको आवश्यकता र मनोभाव बुझने जनप्रतिनिधि एवं कार्यान्वयन प्रक्रियाका जानकार कर्मचारीहरुबीच तालमेल भए मात्रै प्रदेशले विकास र सुशासनमा फडको मार्न सक्ने बताउनु भयो ।
स्थानीय तहहरुको आर्थिक सबलीकरणका लागी सरकारले ल्याएको नवप्रवर्तन साझेदारी कोषले विकासका र सुशासनका साथै तीन्र तहका सरकारबीच समन्वय र सहकार्यको कोशेढुंगा सावित हुने विश्वास वहाँले व्यक्त गर्नु भयो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिवनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महोत्तरी, धनुषा, सिरहा र सप्तरीका स्थानीयतहका प्रमुख , उपप्रमुख, कार्यकारी अधिकृत, योजना शाखाका प्रमुख सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *