Wednesday, January 15
Shadow

ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

सच तक नेपाल डेस्क ।

रौतहट । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।

बिहीबार बेलुकी ७ बजे पैदल हिडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *