सचतक नेपाल
फागुन १६ , सर्लाही । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै गाउँ गाउँमा चुनावी माहोल बनेको छ ।
सर्लाहीको राम नगर गाउँपालिकाको अध्यक्ष पदमा युवा , शिक्षित उम्मेदवार मनोज यादवको व्यापक चर्चा चुलिएको छ । हालको निर्वाचित गाउँपालिका अध्यक्ष -उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले काम नगरेकोले नयाँ नेतृत्व ल्याउने नगरवासीको चाहना रहेको छ ।
युवाहरुमाझ लोकप्रिय नेता यादव अध्यक्षमा आउनुपर्ने युवा पुस्ताको माग पछी जनता समाजबादि नेपालको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।
यादव पछिल्लो समय गाउँलिकामा विभिन्न विकास निर्माणका कामहरु गराई जनतामा आशा जगाएका हुन् ।रामनगर गाउँपालिका को राजनीति मा राम्रो प्रभाव रहेको र रामनगर गाउँ पालिका मा विकासका कार्य मा धेरै सहयोग गरेको ले यादव अध्यक्ष मा चुनाव जित्ने लगभग निश्चित देखिन्छ।