Wednesday, January 15
Shadow

गोपाल सेवा समितिको सर्लाही जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न

 

सचतक नेपाल फागुन १४ , गोपाल सेवा समितीको सर्लाही जिल्ला समेलन कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका १३ बिनवाटोलमा शनिबार गोपाल सेवा समितिको जिल्ला समेलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बक्ताहरुले यादवको गढ मानिने जिल्ला मध्ये एक रहेको सर्लाहीको जिल्ला समेलनमा न्यून उपस्थितले दु:ख व्यक्त गरे । सर्लाहिको जुनसुकै ठाउँमा यादव समाजको बाक्लो बसाई रहे ता पनि यादवको हक ,हितका लागि आयोजन गरिएको जिल्ला समेलनमा न्यून उपस्थित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । बक्ताहरुले यादवहरु आफ्नो काममा उपस्थित नहुनु र अर्काको काममा सरिक हुन बानि परेको बताए । त्यसमा सुधार गर्नु अति आवस्यक रहेको धारणा राखेको थियो।

कार्यक्रममा बिशिस्ट अथितिका रुपमा रहेका प्रदेश सभा सदस्य अशोक यादवले आफू यादव समुदायको सम्वर्दन र उत्थानका लागि हरदम तात्पर रहेको धारणा व्यक्त गरे । सदस्य यादवले भने अधिकान्श यादव समुदायका बालबालिकाहरुले पैसाको अभावमा उच्च शिक्षा ग्रहण गर्नबाट बन्चित रहेका छन ।त्यस बारे पनि हाम्रो ध्यान केन्द्रित रहेको र छिटै यस्ता यस्तै यादव समाजमा देखिएका समस्याहरु सवधानका लागि लागि परेको बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा सर्लाही क्षेत्र न. ४ का युवा नेता राम बहादुर राय यादवले भने यादव समुदायकै कथित ब्यक्तित्वका कारण यादव पछाडी परेको बताए । यादवले भने अहिलेको अवस्थामा यादव आफनै बंशजलाई स्विकार्न तैयार छैन । यादवले यादवलाई नै आगाडी बढ्नबाट बन्चित राख्छ्न । यादवले अर्का यादवलाई अघि बढन सघाए मात्र यादव समुदायको उन्नति र प्रगति हुने छन ।

त्यस्तै विभिन्न बक्ताहरुले यादवसमाजको उन्नति ,प्रगति र यादवहरुमा देखिएका कमि कमजोरी बारे अवगत गराए ।

कार्यक्रममा गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष सान्सद कौशल किशोर यादव , जसपा नेपालका मधेश प्रदेश सभापति तथा प्रदेश सभा सदस्य अशोक यादव एमाले मधेश प्रदेश कमिटी सदस्य राम बहादुर राय यादव , जयप्रकाश यादव , इलाका प्रहरी कार्यालय बरहथवाका DSP ओम प्रकाश यादव लगायतको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *