सचतक नेपाल , जितेश यादव
सर्लाही । सर्लाही जिल्लाका स्थानीय तहमा हालसम्म घोषित उमेदवारमध्ये कुनै पनि दलले महिलालाई वडा अध्यक्ष पदमा उमेदवार बनाएका छैनन् ।
प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र , लोसपा नेपाल र जनता समाजबादीले महिलालाई प्रमुख र उपप्रमुखमा मात्रै उमेदवार बनाएको पाइएको छ।
तर जिल्लाको पश्चिमी भेगमा अवस्थित राम नगर गाउँपालिका -३ नम्बर वडाबाट मिना कुमारी सिंहले उम्मेदवारी दिने घोषणा गरेकी छिन ।
सिंहले नेपाली कांग्रेस पार्टीबाट राम नगर -३ को वडा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी हुन । आफू २०४८ साल देखि नै नेपाली कांग्रेसमा सकृय रहेको हुनाले २०७९ बैशाख ३० मा हुन गैइरहेको स्थानिय तहको चुनावमा रामनगर गपा ३ को वडा अध्यक्ष पदमा उमेदवारी दिने बताईन । महिला शिक्षामा विशेष जोड दिने सिंह हालका जनप्रतिनिधिले वडामा गर्न नसकेको बिकास गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरिन ।
आफू वडा अध्यक्ष भएमा वडाको पूर्वाधार विकास गर्ने, रोजगारीको अवसर बढाउने साथै महिलालाई मूलधारमा ल्याउन हरसम्भव प्रयास गर्ने उनको प्रतिवद्धता छ ।