Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा | Sach Tak Nepal
Monday, March 17
Shadow

रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा

सचतक नेपाल , सर्लाही ।  नेपालको इतिहासमा दोस्रो पटक २०७८ बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा उत्रिने अकान्क्षिहरु आ–आफ्नो चुनावी नारा लिएर उमेदवारी दिने घोषणा गरेका गरेका छन ।

सर्लाहीको २० वटा स्थानीय तह मध्ये राम नगर गाउँपालिकाका विभिन्न क्षेत्रमा उम्मेदवारी दिनेहरुले स्थानिय तहको विकासमा प्रतिबद्धता जनाएका छन् ।        यसैबीच राम नगर गाउँपालिका अध्यक्ष पदमा उमेदवारि दिने घोषणा गरेका डा. उमा शंकर राय यादवले आफ्ना प्रतिबद्धता( घोषणा पत्र) सार्वजनिक गरेका हुन ।

यादवले सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता :

१. म तलव , भत्ता , सेवा , सुबिधा , सुरक्षा केही लिने छैन । म निस्वार्थ रुपमा निशुल्क काम गर्ने छु ।

२. म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु ।

३. म पाच बर्षको अवधीभर पैसा कमाउने कुनै पनि ब्यवसाय वा जागिरमा जोडिने छैन ।

४.म आफुलाई “गाऊपालिका पिता/ माता” नभएर “पालिका सेवक” को रुपमा प्रस्तुत गर्ने छु ।

५. गाउँपालिका भित्रका खाजा , ईन्धन लगायतका भौतिक सुबिधाका सबै अतिरिक्त खर्चहरुको कटौटी हुने छ ।

६. प्रत्येक महिनाको अन्त्यमा पालिकाकाे सबै खर्चहरु पारदर्शी रुपमा वेवसाईटमा सार्वजनिक गरिने छ ।

७. गाउँपालिका भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा काम गर्ने पद्द्तीको बिकास हुने छ ।

८.गाउँपालिकामा हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट हुने छन ।

९. गाउँपालिका भित्रका अति बिपन्न परिवारलाई निशुल्क पानी र बिजुलीको ब्यवस्था हुने छ । ( निशुल्क खपत गर्न पाउने युनिट तोकिने छ ) ।

१०.गाउँपालिका भित्र स्वास्थ्य बिमाको अवधारणा ल्याउने छु ।
११. पाच बर्ष भित्र गाउँ पालिका भित्रका सबै बाटोहरु कालोपत्रे हुने छन ।

१२. रिंग रोड , रंगशाला र बसपार्कका कामलाई तिब्रता दिईने छ र रिंग रोड भित्र गाउँ पालिकाले बिद्युतिय बसहरु सँचालन गर्ने छ ।

१३. गाउँ पालिका भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा दिईने छ ।

१४.बिदेश जान चाहने सबैलाई निशुल्क सिप बिकासको तालिम दिईने छ ।

१५.गाउँ पालिका भित्रै केही गर्न चाहनेहरुका लागि ३ बर्षका लागि ब्याज बिना १० लाख सम्मको ऋण उपलब्ध गराईने छ ।

१६.गाउँ पालिका भित्र हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याईने छ ।

१७.”English medium स्कुल हरू सन्चालन गराउने छु
१८-६० बर्ष पुरा गरेका वृद्ध आमा बुवा हरू लाई निशुल्क उपचार काे व्यवस्था मिलाउने छु ।

१९.हरेक वार्ड मा Ambulance सेवा पुर्याउने छु र Ambulance काे खर्च निशुल्क हुनेछ ।

२०.हरेक शुभिदासम्पन् अस्पताल निर्माण गराउने छु ।

२१.हरेक वार्ड बाट १००-१०० जना गरेर ७ वटा वार्ड बाट ७०० युवा लाइ उधोग धन्दा सन्चालन गरि राेजगार दिन पहल गर्ने छु।

युवाहरुको माझमा लोकपृय बनेका डा. यादवले सार्वजनिक गरेका प्रतिबद्धताले राम नगरमा एउटा चर्चाको बिषय बनेको छ । यादबको यस प्रकारको सोच , चिन्तन र बिचारले राम नगरको कायापलट हुने बिश्वास स्थानीयबासिहरुको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *