
माघ २४ , सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै गाउँ गाउँमा चुनावी माहोल तातेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
रौतहटको राजदेवी नगरपालिकामा मेयर पदमा युवा उम्मेदवार निवेश यादवको व्यापक चर्चा चुलिएको छ । हालको निर्वाचित मेयर-उपमेयर लगायतका जनप्रतिनिधिहरुले काम नगरेकोले नयाँ नेतृत्व ल्याउने नगरवासीको चाहना रहेको छ ।
यादव एमालेका रौतहट जिल्ला कमिटी सदस्य हुन, उनी राजदेवीमा मेयरका प्रबल दाबेदार हुन् । युवाहरुमाझ लोकप्रिय नेता यादव मेयरमा आउनुपर्ने युवा पुस्ताको माग रहेको छ । यादव पछिल्लो समय नगरपालिकामा विभिन्न विकास निर्माणका कामहरु गराई जनतामा आशा जगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1