सचतक नेपाल डेस्क , राैतहट । रौतहटकाे गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक रक्त संचार भवनकाे निर्माण कार्य सम्पन्न भएकाे छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक रक्त संचार भवन निर्माण गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताको विशेष पहलमा रक्त संचार भवनकाे निमार्ण भएको हाे । २०७६ फाल्गुन १८ गते शिलान्यास गरिएकाे ब्लड बैंक भवनलाई आज नगर प्रमुख गुप्ताले उद्घाटन गरेका हुन् ।
राैतहटमा जिल्ला अस्पताल पनि अवस्थित छ । तर साे अस्पतालमा ब्लड बैंक छैन् । ब्लड अभावका करण सुत्केरी महिला,घटना दुर्घटना परेर धेरै जनाको ज्यान जोगाउन समस्या भुग्नु परिरहेको थियो । साे अभाव लाई पुरा गर्न गाैरमा ब्लड बैंकको स्थापना गरिएको नगर प्रमुख गुप्ताले बताए ।
रक्तदानले मानिसलाई दोस्रो जीवन दिनसक्ने भनाई छ । साे भनाईलाई वास्तविकमा चित्रण गर्न उक्त भवनको निर्माण गरिएको उनले बताए ।
आज भएकाे भवन उद्घाटन समाराेहमा नेपाल रेडक्रस सोसाइटीकम जिल्ला सभापति संजिव मल्लिक, प्रहरी उपरिक्षक बिनोद घिमिरे,नागरिक समाज अगुवाहरु ,गौर अस्पताल मे. सु. कृष्णा साह ,नेता राज किशोर यादव लगायत संचारकर्मी र सुरक्षाकर्मीहरुकाे उपस्थिति रहेको थियो ।