Tuesday, June 18
Shadow

घुस सहित वडा सचिव साह पक्राउ

सचतक नेपाल डेक्स

माघ २० बारामा घुस सहित वडा सचिव पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकम सहित पक्राउ गरेको छ ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *