सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ ज्येष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेका छन् ।
सरकारले ज्येष्ठ ४ मा स्थानीय तहको चुनावको मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री देउवा तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने निर्णय प्रधानमन्त्री देउवाले गरेका हुन् ।
५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1