
सच तक नेपाल डेस्क, राैतहट । सरकारले कच्चा दूधमा मूल्य वृद्धि गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1