सच तक नेपाल डेस्क, राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । राैतहट जिल्ला अध्यक्षका रुपमा धर्मेन्द्र पटेलले सपथ ग्रहरण गरेका छन् ।
पार्टीका अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा १७७ सदस्यीय राैतहट जिल्ला कार्यसमिति समायाेजन भएकाे हाे । जिल्ला कार्यसमितिको समायोजन पश्चात् सपथ ग्रहण कार्यक्रम सु- सम्पन्न भएको छ ।
संघीयता , समावेशिता, समृद्धि र सुशासनका मुल नाराका साथ गठित जसपा नेपाल वैकल्पिक समाजवादी शक्तिका रुपमा विकसित हुदै गएकाे हाे ।
रौतहट उधोग बाणिज्य संघ गौरको सभाहलमा आयोजन गरिएका कार्यक्रममा प्रदेश सरकारका कृषि ,भुमि व्यवस्ता तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, महिला अभिनेत्री शाेभा यादव, पार्टीकाे प्रेस संगठनका अध्यक्ष किशाेरी यादव , रेवन्त झा, सदस्य बिरबहादुर राय यादव लगायत अन्य जनप्रतिनिधिहरुकाे उपस्थिता रहेकाे थियाे ।