Wednesday, January 15
Shadow

कानपुरमा गाडी दुर्घटना हुदाँ ६ जनाकाे मूत्यु

सच तक नेपाल डेस्क, राैतहट । भारतको कानपुरमा तीव्र गतिको विद्युतीय गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कानपुरको टाटा मिल चोकजिकै अनियन्त्रित विद्युतीय बसले तीन वटा कार र केही मोटरसाइकलसहित १७ वटा सवारी साधनलाई ठक्कर दिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा १२ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । तीव्र गतिमा रहेको बसले आफ्नो मार्गमा आएका कार तथा मोटरसाइकल, पैदल यात्रीलाई ठक्कर दिएको हो ।

मानिसलाई किचेर भाग्न खोज्दा टाट मिल चोकमा विद्युतीय बस डम्परसँग ठोक्किएको हो । बसका चालक मौका पाएर फरार भएका छन् ।

बसको ठक्करबाट तीन वटा कार र धेरै मोटरसाइकल जलेर नष्ट भएका छन् । कानपुरमा यही जनवरीदेखि विद्युतीय गाडी सञ्चालनमा आएका हुन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *