Sunday, June 23
Shadow

ट्र्याकटरले किचेर एक बालककाे मृत्यु

सचतक नेपाल डेस्क

झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे हाे ।

बुबा बालकृष्णले चलाएको मे१त ७५४९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन्।

उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो । उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

साभार: जनता समाचार डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *