Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
गठबन्धनको सेण्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलन बाहेक विकल्प छैन: प्रभु साह | Sach Tak Nepal
Monday, February 17
Shadow

गठबन्धनको सेण्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलन बाहेक विकल्प छैन: प्रभु साह

 

सचतक नेपाल , गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले देशमा बढिरहेको राजनीतिक संकटलाई रोक्न आन्दोलनमा जानुपर्ने बताएका छन् ।

शनिवार करुनियामा आयोजित नेकपा एमालेको देवाही गोनाही नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता साहले गठबन्धनको सिण्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलनबाहेक कुनै विकल्प नरहेको बताएका छन् । जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार एवम् लुटआतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए ।

“अहिले तपाईहरु देख्नसक्नुहुन्छ, अवसरवादीहरुको गद्दारी र झालझेल एवम् षडयन्त्रबाट अदालतको सेटिङमा जुन दलाल गठबन्धनको सरकार जन्मिएको छ यसले संस्थागत रुपमा भ्रष्टाचार र लुट-आतंकलाई बढावा दिएको छ । खुलेआम कालोबजारी मौलाएको छ, महङ्गी बढेको छ जसले गरीब मजदुर किसानको जीवनलाई झन कष्टकर बनाउदै गएको छ । विकाआ निर्माणका कार्य ठप्प भएको छ ।” नेता साहले भने, “गठबन्धनले बढाएको यस्ता विकृतिहरु रोक्दै विकासको कार्य अगाडि बढाउन अब आन्दोलनको विकल्प छैन ।”

“नालायक सरकारले कानुनको चरम उलंघन गरेर चुनाव सार्ने षड्यन्त्र गर्दैछ, यसलाई विफल बनाएर समयमा निर्वाचन गर्न आन्दोलन जरुरी छ । सत्ता उन्मादमा मातिएका सरकारका मन्त्रीहरुको बोलीमा लगाम छैन, यस्ता अपराधी मन्त्रीहरुलाई कुर्सीबाट हटाउन आन्दोलन जरुरी छ । लोकतान्त्रिक प्रक्रियालाई सहि ट्र्याकमा ल्याउन आन्दोलन जरुरी छ ।”, नेता साहले थपे, “गठबन्धनको कुकर्महरुका कारण बढ्दै गएको राजनीतिक संकटलाई रोक्न अब जनता सडकमा उत्रिनैपर्छ, यसको विकल्प छैन । र दलाल गठबन्धनको सिण्डिकेट विरुद्धको आन्दोलनको अगुवाई नेकपा एमालेले गर्छ र देशलाई सहि ट्र्याकमा ल्याउछ ।”

नेता साहले आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, अच्युत मैनाली, राजकुमार लेखी, केन्द्रीय सदस्य एवम् रौतहट ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरु कुन्दन कुश्वाहा, उद्धव रेग्मी, मधेश प्रदेशकी उपसचिव आरती भण्डारी, प्रदेश सदस्य एवम् महिला नेतृ मौलापुरकि मेयर रीना साह, जिल्ला अध्यक्ष त्रिभुवन साह, सचिव बालबिक्रम कार्की, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् एमाले जिल्ला सदस्य निवेश यादव लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *