सच तक नेपाल डेस्क
राैतहट । मधेश आन्दाेलनमा प्रहरीकाे गाेली लागि घाइते भएका एक जनाले प्रदेश सरकारबाट आज आर्थिक सहयाेग पाएकाे छ । बि.स २०६२/०६३ काे मधेश आन्दाेलनमा प्रहरीकाे गाेली लागी राैतहटकाे राजदेवी नगरपालिका-५ स्थित पताहि निवासी रणवीर सिंह लगायत थुप्रै जना घाइते भएका थिए ।
घाइते भएका सिंहलाई मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नाे पहलमा प्रदेश सरकारबाट एक लाख रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ ।
आजभन्दा करिब १५ वर्ष अघि ०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानलाई काठमाडौंमा जलाउँदै गर्दा त्यस बेला एनजीओको रुपमा रहेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितलाई पक्राउ गरिएको बिरोधमा उनका समर्थकहरुले चक्काजाम गरेका थिए ।
सिराहामा माओवादी नेता मातृका यादव आइरहेको बखत चक्काजाम नखोल्दा माओवादी कार्यकर्ताकै तर्फबाट चलेको गोलीले रमेश महतोको ज्यान गएलगत्तै रोकिएका धेरै बस, ट्रक, जीप, कारसहितका सवारी साधन जलाइयो ।
यो पहिलो मधेस आन्दोलन माघ २४ गतेसम्म चलेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दोस्रो पटक २४ माघमा सम्वोधन गरे पश्चात आन्दोलन टुंगिएको थियो । यो आन्दोलन चलिरहँदा ५४ जनाले ज्यान गुमाए । धेरै अंगभंग भए ।
प्रदेश सरकारकाे प्रतिनिधिका रुपमा राज्य मन्त्री यादवले पिडित सिंहको निवासमै पुगेर रकम भएकाे चेक हस्तारन्तर गरेका हुन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रेवन्त झा लगायत सञ्चारकर्मी लगायत अन्य जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
वि.सं. ०६३ साल माघ ५ बाट शुरु भएर १९ दिनसम्म चलेको मधेस आन्दोलन ०६४ सालमा पनि भयो । तीन मधेसी दलले नेतृत्व गरेको यो आन्दोलनमा पनि धेरैले ज्यान गुमाए ।