Tuesday, June 18
Shadow

गरुडामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु

सच तक नेपाल डेस्क 

राैतहट । गएराति राैतहटकाे गरुडामा माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ ।

गरुडा नगरपालिका ४ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार गएराति ११:१५ बजेतिर ना६२प ३३९९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *