सचतक नेपाल डेस्क
बारा । बाराकाे सवारी दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ ।
कलैया बाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१नम्बर को भारतीय गाडीले विपरीत दिशा बाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकल लाई ठोक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हाे ।
सो दुर्घटना कलैया-विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा भएको र उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय शितल साह र ४० वर्षीय नरेश साह रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1