सचतक नेपाल माघ ९ । रौतहटको कटहरियामा माघ २ मा सम्पन्न एमालेको नवौं एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरु आज पदभार ग्रहन गर्नुभएको छ ।
गौर स्थित पार्टीकार्यलयमा पार्टीको झण्डा फहराई अध्यक्ष त्रिभुवन साह (अमर ) सहितको पदाधिकारीहरु आइतबार औपचारिक रुपमा पदभार ग्रहन गरेका हुन ।
पदभार ग्रहण गर्दै अध्यक्ष त्रिभुवन साहले हामी सबै पदाधिकारीहरु एक ढिक्का भइ तिनैतहको निर्वाचनमा फुल बहुमत ल्याई एमालेमै रौतहट बनाउने छु ।
पदभार कार्यक्रममा नेकपा एमालेका नेताहरु अब्दुल कलाम आजाद, उपेन्द्र साह, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल लगायतको उपस्थिति रहेको थियो ।
नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटिको सर्वसहमत चयन गरेको थियो । कमिटिको उपाध्यक्षमा दिपक यादव, सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल रहेका छन् ।