
जितेश यादव , सचतक नेपाल
माघ ८ सर्लाही । सर्लाहिको गोडैता नगरपालिकाले सेवाग्राहीलाई खोप कार्ड र माक्स अनिवार्य लागू गरेको छ ।
बिश्वब्यापी रुपमा झन तेजिलो गतिमा फैलिरहेको कोरोना भाइरसको नया भेरियन्त ओमिक्रोन भाईरसलाई मध्य नजर गर्दै गोडैता नगरपालिकाले कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई भ्यक्सिन कार्ड र माक्स अनिवार्य रुपमा लागाएर आउन अपिल गरेका छ्न ।
हाल कोरोना भाइरसको नया भेरैयन्त ओमिक्रोनले देशै भर तबाही मच्याएका छ्न। मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ०६ हजार ५९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना मुक्त भए, ३ संक्रमितको मृत्यु
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ६६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २३ हजार ९२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६० लाख ०६ हजार १२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।