सचतक नेपाल डेस्क । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ।
मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगम प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए।
उनका अनुसार मूल्यवृद्धि पछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1