Wednesday, January 15
Shadow

गौरमा लोकसेवाको निःशुल्क कक्षा संचालन

सचतक नेपाल डेस्क ।

रौतहट । गौर नगरपालिकाद्धारा संचालित निःशुल्क लोकसेवाको कक्षा संचालनमा आएको छ । नगरप्रमुख अजय कुमार गुप्ताले उद्घाटन गरि कक्षालाई आजबाट संचालनमा ल्याएका हुन् ।

एक कार्यक्रम बिच गौर नगरपालिकाद्वारा संचालित निःशुल्क लोकसेवा तयारी कक्षा आजबाट पुर्णरुपमा संचालनमा आएको हो । नगर बिकासका लागि शिक्षा अत्यन्त महत्वपुर्ण रहेकोले सो योजनालाई प्राथमिकता दिएका हुन् ।

जेभियर इन्स्टिच्युटको प्राविधिक सहयोग र गौर नगरपालिकाको आर्थिक सहयोगमा आजबाट लोकसेवाको तयारी कक्षा निःशुल्क संचालन हुनेछ । लोकसेवाको उच्चस्तरीय कक्षा नगरमै निःशुल्क भएको कारण नगरका गरिब र बिपन्न बालबालिकाले पनि पढ्ने सक्ने भएको कारण बिद्यार्थीहरु खुशी भएका छन् ।

नगर भित्रका युवाले लोकसेवामा नाम निकाल्न सफल भएमा यो गौर नगरपालिकाकै लागि गौरवको कुरा हुने नगरप्रमुख अजय कुमार गुप्ताले बताए ।

गौर नगरपालिकाको भवनमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी , प्रशासकीय अधिकृत सुभाष ठाकुर, नगरप्रमुख अजय कुमार गुप्ता लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *