सचतक नेपाल डेस्क
रौतहट । प्रदेश २ को नाम मधेश भएको छ । आज प्रदेश सभाको दुई तिहाईले उक्त नाम राख्ने प्रस्ताव पारित गरेको हो ।
९९ जना प्रदेश सभा सांसदमध्ये प्रस्तावको पक्षमा ८० जनाले मतदान गरेका थिए । जसमध्ये जसपाका ३९, माओवादीका ८, लोसपाका १६, संघीय समाजवादी पार्टीका १ र अन्य दलका १६ जनाले पक्षमा मतदान गरे ।
प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मधेश नाम पारित हुदाँ खुशी व्यक्त गरेका छन् । आफुले गरेको प्रस्ताव र प्रयास सफल भएको उनले बताए ।
यसअघि राजधानी जनकपुर राख्ने पक्षमा पनि दुई तिहाई मत प्राप्त भएको थियो । प्रदेश २ को सरकार गठन भएको ४ वर्ष बितेपछि बल्ला नामाकारण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1