
सचतक नेपाल डेस्क ।
बारा । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा बाराबाट एकै परिवारका आमा छोरा पक्राउ परेका छन् ।
जिल्लाकोे आदर्श कोतवल गाउँपालिका वडा नम्बर ७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका ८ का २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार गत पुस २५ गते बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आफ्नो कुखुरा फर्ममा बोलाएर हत्या गरेको निजले स्वीकारेका छन् ।
फर्ममा एक्लै बसिरहेका सन्तोषले पानी लिएर फर्किँदा कुरेर फर्मभित्र बलात्कारपछि बालिकाको घाँटी कसेर र टाउकोमा फरुवाले हिर्काएर हत्या गरेका थिए । हत्यापछि सोही रात उनले नजिकैको खोलामा आमा छोरी मिलेर शव व्यवस्थापन समेत गरेका स्वीकारेका हुन् ।
पक्राउ परेका दुवै जनामाघटनाबारे अनुसनधान भइरहेको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।