Tuesday, June 18
Shadow

माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा सामुदायिक भवन शिलान्यास

जितेश यादव 
माघ १ , रौतहटको माधवनारायणमा एकै दिन दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

माधवनारायण नगरपालिका–८ (रजवडा)मा शनिबार दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

नगरपालिकाका मेयर बिरेन्द्र राय यादवले माधवनारायण नगरपालिका ८ स्थित श्री राम जानकी मठ्को परिसरमा नगरपालिकाको २५ लाखको लागतमा ३ कोठेको सामुदायिक भवन शिलान्यास गरेका हुन ।यस्तै सोही वार्ड स्थित गढ टोलमा अवस्थित बाबा गरिब नाथ मन्दिर परिसरमा ११ लाखको लागतमा बन्ने गरि सामुदायिक भवनको शिलान्यास गरेका हुन ।

मेयर यादवका अनुसार सो भवनको निर्माण कार्य २ महिना भित्रमा सप्पन् भैइसकेको हुन्छ ।

सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य , भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने मेयर यादवले बताए ।

माधवनारायण नपा ८ का वडा अध्यक्ष जितेन्द्र कुश्वाहाको अध्यक्षता र नपाका मेयर बिरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा
जसपा नेपालका प्रदेश समिती सदस्य तथा युवा नेता श्याम बिहारी यादव , वार्ड सदस्य  लगायतं स्थानीयहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *