Wednesday, October 9
Shadow

गौर नगरपालिका : ९ औँ नगर अधिवेशन सम्पन्न

सचतक नेपाल डेस्क

राैतहट । गाैर नगरपालिकाले आफ्नाे ९ औँ नगर अधिवेशन सम्पन्न गरेकाे छ । शिक्षा स्वास्थ्य ,पर्यटन पूर्वाधार र व्यापार , सुन्दर समृद्ध तथा समुन्नत गौरको आधार मूल अवधारणा का साथ साे नगर अधिवेशन सम्पन्न भएको छ ।

पुष मसान्त सम्ममा हिउदे अधिबेशन गर्नु पर्ने रहेको कानुनी प्रावधान अन्तर्गत नगरपालिकाले सो अधिवेशन सम्पन्न गरेको हो ।

नगर सभामा सहभागी भएका नगर सभासदलाइ सम्वोधन गर्दै निर्वाचित भएको साढे ४ वर्षमा गौर राइस मिलको जग्गा नगर बासिको लागि सार्वजनिक गराउने भनि गरेको प्रतिवद्धता पुरा गर्न नसकेकोमा दुखित भएको बताएका छन् ।

निर्वाचनको बेला गरेको प्रतिवद्धता मध्ये अधिकांश प्रतिबद्धता पुरा गरिएको बताउदै गरेको बाचा अनुसार राइस मिल अधिग्रहण गर्न प्रयास गरेपनि कानुनी जटिलता र भू माफियाको चलखेलको कारण सो कार्य अलपत्र भएकोले आफु दुखित भएको बताए ।

उनले शिक्षा , स्वास्थ्य , पूर्वाधारको विकासमा नगर पालिका अगाडी रहेको बताए । कोभिड १९ को विरुद्ध को खोप संचालनमा ७३ प्रतिशतले प्रदेश कै पहिलो नगरपालिका भएकोले गर्भको कुरो रहेको जनाए । विधुतीय मध्यमबाट जुन सुकै ठाउबाट कर तिर्न सकिने प्रविधि ल्याएको नगरपालिकाले सामाजिक विकासको क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको दावी गरे ।

संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय सरकारले गौर राइस मिलको जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरे पनि कानुनी अवरोधले हुन् नसके पनि जग्गा विक्री गर्ने सोच लिएका भू माफियाको सपना पुरा हुन् नदिएको बताए ।

मेयर गुप्ताले गौर नगरपालिका द्वारा न्युक्ति गरिएका नगर प्रहरी , दमकल प्रहरी लगायतका कर्मचारी लाइ स्थायी गर्न नसकेको मा दुख व्यक्त गर्दै आगामी दिन पुनः बाकि रहेको अधुरो कार्य पुरा गर्ने प्रतिबद्धता जनाए ।

नगर अधिबेशनमा नगर उपप्रमुख किरण कुमारी ठाकुर , निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर लगायत निर्वाचित नगर सभा सदस्यहरुको उपस्थति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *