Wednesday, October 9
Shadow

प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

 

सचतक नेपाल डेक्स
पुस २६ , आफ्नो जन्म र कर्म भुमिलाई भुलि प्रदेश नम्बर २ को राजधानिलाई जनकपुर कायम गर्न सहमती जनाउनु भुत पुर्व भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलको निर्णय हास्यास्पद र लज्जास्पद रहेको समाजिक अभियन्ता कृष्ण मोहन सहनीले बताउनुभएको छ ।

अभियन्ता सहनीले बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रतिनिधित्व गर्ने र बारामै घर समेत रहेको पुर्व मन्त्री सोनल अरु अरु दलबाट सम्प्रेसित भइ र कमिसनको भरमा प्रदेश्को राजधानी बिरगन्ज हुनुपर्ने माग गर्नुको सट्टामा जनकपुरलाई सहमति जनाएको आरोप समेत लागएका हुन ।

प्रदेशको राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार बिरगन्ज भएतापनि राजधानी जनकपुर हुन्नुपर्नेमा सहमती जनाउनु पुर्व मन्त्री सोनलको यस्तो निर्णय आफ्नै थालमा प्वाल पार्नु बराबर हो ।

आन्दोलन को बेला सबै राजनीतिक दल का नेता ले वीरगन्ज लाई राजधानी बनाउने घोषणा गरे पनि एति खेर सोनल जस्तै नेताहरुको चाप्लुसी का कारण समस्या भइ रहेको बताएका छन् ।

प्रदेश नं २ को मुख्य मन्त्री पर्सा जिल्लाको भएता पनि उनी पनि प्रदेश को राजधानी वीरगन्ज हुनु पर्ने मनसाय नराखेको आरोप समेत लगाउनु भयो ।

अभियान्ता सहनिले भने ; प्रदेश २ को राजधानी बिरगन्ज नभए हामी सशक्त आन्दोलनमा उत्रिने र राजधानी जनकपुर हुनुपर्नेमा सहमती जनाउने! कुर्सिका लागि सहिदलाई नदि तर्न लठ्ठी झै प्रयोग गरिने जितेन्द्र सोनल जस्ता नेताहरु बिरुद्द आगामी चुनावमा हराउ अभियान चलाउने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *