
सचतक नेपाल बारा । पुस २५ , बाराको प्रसौनी गाउपालिकाका नैतिकहिन अध्यक्ष भोला प्रसाद गुप्ताले नगरपालिकामा आफ्नो आसे- पासेलाई मात्रै जागिर दिई भ्रष्टाचारमा लिप्त रहेको सामाजिक अभियन्ता कृष्ण मोहन सहनिले आरोप लगएका हुन्न ।
समाजिक अभियन्ता सहनिका अनुसार कागज मै बिल भर्पाइ गरेको आधारमा भुक्तानी दिने ,गोप्य टेन्डर गर्ने ,स्टिमेट अनुसार काम नगरेकोलाइ भुक्तानी दिने ,सामान खरिद प्रक्रियामा कमिसन खाने , आसेपासेलाई गाउँपालिका कार्यालयमा जागिर दिने लगायतका काम भएको हो ।
उनका अनुसार ,२०७६ सालमा कार्यालय सहयोगि पद्का लागि धेरै जना सङ्ग रु २५० को दरले फर्म दस्तुर समेत लिई अहिले सम्म त्यसको परिक्षानै नलिई आफ्नो आफन्त र नातेगोतेलाई प्रकृया बिपरित जागिर दिईयो ।
स्थानीय चुनाबको कार्यकाल स्किन्न लाग्दा पनि गाउँपालिका अध्यक्ष गुप्ताले एउटा पनि ठोस बिकास नगरेको सहनिको आरोप छ ।
गाउँपालिकामा न त सार्वजनिक शौचालय छ ,न किसानलाई कृषि गर्न केही सुबिधा दिइएको छ।
बिकासको रकम कागज मै काम गरेर सकिदै छ । यस्तै बालबालिकालाई पनि पशु सरह व्यवहार गरि भुईमै दिवा खाना खुवाई मानव जातिलाई कलन्कित गरेको छ । अध्यक्ष गुप्ताको यस्ता कयौ अनैतिक कार्यहरु छ्न। जसको बारेमा जति नै ब्यङ्यै गर्दा कमै पर्छ।