Tuesday, June 18
Shadow

गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

सचतक नेपाल डेस्क, रौतहट । अब बिभन्न प्रकारकाे राजस्व माेबाइलबाटै भुक्तानी हुने भएकाे छ । गाैर नगरपालीकाले प्रबिधिकाेे तुलनामा राैतहटका अन्य सबै पालिकालाई पछाडी छाेड्ने भएका छन् ।

जिल्लामा मात्र नभएर प्रदेश २ मै गाैर नगरपालिका पहिलो विद्युतिय प्रबिधिबाट भुक्तानी गर्ने पालिका बन्न पुगेको छ ।

गाैर नगरपालिकाबाट काटिदै आएको विभिन्न प्रकारका सेवा वापतको राजस्व ( मालपोत कर , सम्पत्ति कर, घर बहार कर र व्यवसायी कर) हरु अब सजिलै ई-सेवा, खल्तीबाट नै भुक्तानी गर्ने भएकाे हाे । नगर प्रमुख अजय गुप्ताले मंलगवार नगरपालिकाको सभाकक्षमा एक औपचारिक कार्यक्रम बीच साे सेेवाकाे उद्घाटन गरेका थिए ।

सेवाग्राहीलाई थप सुख सुविधा उपलब्ध गराउन र लाइनमा बस्ने झनझटलाई अन्त्य गर्न याे सेवा सुचारु गरिएकाे नगरप्रमुख गुप्ताले बताए ।

सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुर ,योजना तथा जिन्सी प्रमुख जितेन्द्र भारती लगायत नगरका जनप्रतनिधि एवंम बुद्धजीविहरुको उपस्थिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *