Sunday, July 21
Shadow

जनमत पार्टीद्वारा आज गौरमा प्रदर्शन

सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीले आह्वान गरेको रौतहट बन्दको दाेस्राे दिन पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

केहि दिन यता प्रदर्शनरत जनमत पार्टीले सोमबार देखि रौतहट बन्द गर्ने घोषणा गरेका थिए । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिच्श्रित कालको लागि बन्द हुने आह्वान गरेका थिए ।

राैतहट बन्दकाे घाेषणा भएपनि प्रभाव खासै देख्न सकिएकाे छैन् । केहिदिन देखि सुरु भएको शितहरले पनि पार्टीको बहुमतलाई बल दिन सकेको छैन् ।

“नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेको” विज्ञप्तिमा उल्लेख छ ।

किसानकाे माँग पुरा नभए सम्म हाम्राे प्रदर्शन निरन्तर जारी रहने केन्द्रिय सदस्य एवंक प्रशासन विभागका प्रमुख ललित मलिक सानूले बताए ।

बिउ विजन , मल खाद र सिचाईको व्यवस्था तिनै तहको सरकारले गर्न नचाहेको समेत विज्ञप्तिमा चित्रण गरिएको हो । ती अभावका लागि आवाज उठाउँदा समेत सरकारले दमन गरेको सबै अवगत नै रहेको भाव देखाइएको छ ।

सोमबार पार्टीले रौतहटको मध्ये बजार गरुडामा प्रदर्शन गरेका थिए । त्यस्तै जनमत पार्टीले आज (सोमबार) गौरमा किसानको माँग पुरा गर्न प्रदर्शन गरेका हुन् ।

किसानकाे समर्थनमा युवाकाे पनि भुमिका रहने युवा जनमत संघ राैतहटका अध्यक्ष ज्वाला रणवीर( विवेक झा) ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *