Tuesday, June 18
Shadow

साेमबार देखि अनिश्चितकालकाे लागि रौतहट बन्द

सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले भोली (सोमबार) देखि रौतहट बन्द गर्ने घोषणा गरेका छन् ।

जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिश्चित कालको लागि बन्द हुने जानकारी दिएका छन् ।

नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेका छन् ।

बिउ विजन , मल खाद र सिचाईको व्यवस्था तिनै तहको सरकारले गर्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ती अभावका लागि आवाज उठाउँदा समेत सरकारले दमन गरेको अवगत नै रहेको लेखिएको छ ।

सिरहा देखि सुरु भएको किसानहरुको जायज आन्दोलनको दोस्रो चरण अन्तरगत जनमत पार्टीले भोली रौतहट देखि अनिश्चित कालको लागि बन्द हुने बताइएको छ ।

जनमत पार्टीले सोमबार देखि अनिश्चित कालको लागि रौतहट बन्द तथा पुर्णरुपमा चक्काजाम हुने घोषणा गरेका छन् ।

खाना–नास्ता, औषधि पसल, अति आवश्यक सवारी साधन र संचारकर्मी तथा संचार माध्यमका सवारी साधन बाहेक अन्य सवारी पुर्णरुपले बन्द हुने जनमत पार्टी रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *