सचतक नेपाल । पौष १७ , महोत्तरीमा टयाक्टर दुर्घटना हुँदा च् एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर बस्ने २२ वर्षीय शैलेन्द्र सदाको ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएका छन् ।
चालकसहित सात जना सवार ट्याक्टर ओभर स्पीडका कारण महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा आफै अनियन्त्रित भएर सडक छेउमा पल्टिदा सदाको मृत्यु भएको प्रहरीले जनाएको हो।
मृतक सदाको शव जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टमगरी आफन्तनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पसवानको उपचार
प्रहरीको निगरानीमा भइरहेको र घटना विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1